सशस्त्र प्रहरीमा १४ डिआईजी र १७ एसएसपीको सरुवा (सुचीसहित)


काठमाडौं – सशस्त्र प्रहरी बलका १४ डिआईजी र १७ एसएसपीहरुको सरुवा भएको छ । गृहमन्त्रालयले सशस्त्र प्रहरी मुख्यालयको सिफारीसमा मंगलवार डिआईजी र एसएसपीहरुको सरुवा गरेको हो ।

सरुवा हुनेमा एक नम्बर प्रदेशमा डिआईजी वंशिधर दाहाल, दुई नम्बरमा केपी ब्रह्मचार्य, तिन नम्बरमा मन्दिप श्रेष्ठ, चार नम्बरमा राजेन्द्र वस्नेत,उपत्यका हेर्ने बाहिनीमा प्रविण श्रेष्ठ, पांच नम्बरमा किशोर प्रधान र ६ नम्बरमा हरिशचन्द्र अधिकारी रहेका छन् ।

त्यसैगरी सिमा सुरक्षा विभागमा राजु अर्याल र चन्द्रप्रकाश गौतम र मानवस्रोत तथा प्रशासन विभागमा नारायणदत्त पौडेलको सरुवा भएको छ । उनलाई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको प्रमुखको जिम्मेवारी समेत दिइएको छ ।

एसएपीहरु विदुर खड्कालाई पोखरास्थित हुलदंगा व्यवस्थापन तालिम शिक्षालय ,कुलबहादुर नेम्वाङ्गलाई ककनीस्थित युएन शान्ति तालिम शिक्षालय र इन्द्रराज कार्कीलाई नौवस्तास्थित सशस्त्र प्रहरी जवान तालिम शिक्षालयको प्रमुखमा सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement