काठमाण्डु- राजनीतिक विश्लेषक भरतमणि दाहालको बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।
मंगलबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले दाहाललाई पक्राउ गर्नुको कारणसहित जवाफ पेस गर्न सम्बन्धित निकायका नाममा कारण देखाउ आदेश जारी गरेको हो।
दाहालकी छोरी डेनिकाले उनको पक्राउ गैरकानुनी भएको दाबी गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।
दाहाललाई आइतबार मोरङको बेलबारीबाट प्रहरीले पक्राउ गरेको थियो। आफ्नो युट्युब च्यानलमार्फत भूराजनीति तथा उच्च राजनीतिक व्यक्तित्वबारे भ्रामक प्रचार गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो ।




प्रतिक्रिया