सशस्त्र प्रहरीको एसपी र डीएसपीको सरुवामा भ्रदगोल(सुचीसहित)


काठमाडौं–सशस्त्र प्रहरी मुख्यालयले एसपी र डिएसपीहरुको सरुवा गरेको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले विहिवार राती हस्ताक्षर गरेको सरुवा नियम विपरित भएको सशस्त्र मुख्यालयमा चर्चा छ । मुख्यालयले २८ जना एसपी र ८२ जना डिएसपीको सरुवा निकालेको हो ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले हस्ताक्षर गरेको सरुवामा कमाण्ड पाएकाहरुलाई नै पुनः अवसर दिइएको छ । दुई बर्ष अघि कृष्णनगर भन्सारमा गुल्मपति रहेका डिएसपी कमलचन्द्र गैरेलाई यसपटक फेरी औद्योगिक सुरक्षा गुल्म काठमाडौंमा गुल्मपतिको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी सशस्त्र प्रहरी महानिरीक्षक खनालले आफ्ना फुपुका छोरा डिएसपी शुरेश गैरेलाई काठमाडौंको सुरक्षा हेर्ने जिम्मा भएको बागभैरभ गुल्मको गुल्मपतिको जिम्मेवारी दिएका छन् । उनि सशस्त्र प्रहरी अधिकृतभन्दा बढी संगितकारका रुपमा चिनिन्छन् । सरुवामा कमाण्ड पाउनेहरु सिसम तीनको भन्दा बढी सिसम चारको अधिकृतहरु रहेका छन् ।

त्यसैगरी सशस्त्रमा सक्षम अधिकृतका रुपमा चिनिएका,स्टाफ कलेज उर्तिण गरेका र शैक्षिक पृष्ठभुमि बलियो रहेका डिएसपी विष्णु भट्टलगायतका अधिकृतहरुलाई राजधानी बाहिर पठाइएको छ ।

यस्तो छ एसपीको सरुवाको सुची

यस्तो छ डीएसपीको सरुवाको सुची

प्रतिक्रिया दिनुहोस
Advertisement