सशस्त्र प्रहरी बलमा एसपी बढुवाका लागि १६ जना सिफारिस (नामसहित)


काठमाण्डु – सशस्त्र प्रहरी उपरीक्षक (एसपी)बढुवाका लागि १६ जनाको नाम सिफारिस भएको छ ।

बढुवा समितिको सोमबार बसेको बैठकले सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी)हरुलाई सशस्त्र प्रहरी उपरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो ।

बढुवामा सिफारिस हुनेहरुमा चित्राङ्गत दहाल, गगन श्रेष्ठ, विक्रम होमागाई, राजकुमार लामिछाने, प्रदिप सिंह कार्की, अरबिन्द श्रेष्ठ, शशी पाण्डे, हर्कराज पन्त, कृष्णराज अधिकारी, रमेश कुमार थापा, तीर्थ बहादुर थापा, सूर्य प्रसा आचार्य, रुप कुमार क्षेत्री, प्रदीप खड्का, राजु गौतम र बिनोद केसी रहेका छन् । समितिले बढुवाबारे चित्त नबुझे सात दिनभित्र उजुरी दिन सकिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement