शसस्त्रमा एसएसपी बढुवाको तयारी : ज्वांईलाई अघि ल्याउन बालुवाटारको हप्कीदप्की


काठमाण्डु – सशस्त्र प्रहरी बलमा एसएसपीहरुको बढुवा प्रक्रिया अघि बढाउने तयारी भएको छ । बढुवाका लागि शनिवार सांझ या आइतबार बढुवा समितिको बैठक बस्दैछ । गृहसचिव टेकनारायण पाण्डेको अध्यक्षमा गृहमन्त्रालयले बढुवा समिति बनाएको छ । समितिमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल सदस्य र एआईजी नारायणदत्त पौडेल सदस्य सचिव छन् ।

सशस्त्रमा १६ जना एसएसपीको दरबन्दी रिक्त छ । रिक्त रहेको दरबन्दीमा १४ कामुलाई कन्फर्म गर्नुपर्ने छ भने बांकी २ मा बढुवाका लागि तयारी भइरहेको छ । दुई जना बढुवाको लागि दर्जन प्रतिस्पर्धामा छन् ।

बढुवाको फर्म भर्ने मिति असार २७ गतेसम्म भएपनि सशस्त्रमा कसलाई अघि ल्याउने भन्नेमा कुरा नमिलेपछी अहिलेसम्म प्रक्रिया अघि बढ्न सकेको छैन् । गृहमन्त्री, बालुवाटार र सशस्त्र प्रहरी महानिरीक्षकबीच बढुवामा कुरा मिलेको छैन । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल वरियता र कार्यसम्पादन दुवैलाई आधार बनाउने पक्षमा छन् ।

अहिले कामुमा एक नम्बरमा ०५५ सालमा असईमा भर्ना भएका प्रविण कंडेल छन् । उनलाई एक नम्बरमै बढुवा गर्ने सहमति छ । तर, त्यसपछीको ब्याचबाट कामुमा एक नम्बरमा विष्णु भट्ट छन् । उनि हाल प्रहरी महानिरीक्षकको सचिवालयमा समेत कार्यरत छन् । भट्ट सशस्त्रमा काविल अधिकृतका रुपमा चिनिन्छन् । उनले नेपाली सेनाको स्टाफ कलेज समेत उर्तिण गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाका पिए भानु देउवाका बहिनी ज्वांई कामु एसएसपी दिपेन्द्र कुंवरलाई ११ नम्बरबाट एक नम्बरमा बढुवा गर्न दबाव छ । गृहमन्त्री बालकृष्ण खांड र गृहसचिव टेकनारायण पाण्डे स्वंयम् उनलाई एकै नम्बरमा बढुवा गर्ने पक्षमा छैनन् । तर, बालुवाटारबाट दुवैलाई हकार पकार भएपछी भने कुंवरलाई अघि ल्याउन उनिहरु समत भएको स्रोतको दावी छ । दुवै सहमत नहुनुको कारण कुंवरको कमजोर कार्यसम्पादन र विवादित पृष्ठभुमि हो ।

कुवंर अहिले बालुवाटारकै दबावमा सशस्त्रको प्रवन्ध शाखाका प्रमुख बनेका छन् । उनले सशस्त्रको सरुवा बढुवामा समेत हस्तक्षेप गर्ने गरेको स्रोतको दावी छ । कुंवर २ पटक सशस्त्रको स्टाफ कलेज फेल भएपछी उनलाई तत्कालिन सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनालले सेनामा सशस्त्रको कोटाबाट पठाएर स्टाफ कलेज उर्तिण गराइएको थियो ।

एसएसपीमा दिगविजय सुवेदी, कमल तिउसिना र निरकृष्ण अधिकारीलगायत बढुवा हुंदैछन्। गृहमन्त्री खांडले सुवेदीलाई अघि ल्याउन निकै जोडबल गरेका छन् भने अधिकारीलाई अघि ल्याउन कांग्रेस नेता पूर्ण बहादुर खड्काको जोडबल छ ।

रिक्त दुई पदमा एसपीहरु किरण ढुंगाना,नरेन्द्र बम र तीर्थराज पौडेल लगायत प्रतिस्पर्धामा छन् । ढुंगाना एमाले नेता सुवास नेम्वाङका भान्जा हुने भने पौडेल कांग्रेस नेता रामचन्द्र पौडेलका भतिज हुन् । सुदुरपश्चिम घर भएका बम हाल पर्वतमा कार्यरत छन् ।

पछिल्लो समय सशस्त्र र नेपाल प्रहरीको सरुवा बढुवामा बालुवाटारको प्रत्यक्ष हस्तक्षेप रहेको बताइन्छ । बालुवाटारको अघि गृहमन्त्री खांड समेत निरिह बन्ने गरेका छन् । मन्त्री खांडले वरियता र कार्यसम्पादन हेरेर बढुवा गर्ने अडान राख्दै आएका छन् । तर, उनलाई समेत अनावश्यक दबाव आउने गरेको निकट स्रोत बताउंछ ।

दरबन्दी र शान्ती मिसनमा कोटा थप्न आईजीपी अर्याल लविङमा
यता सशस्त्रमा ४ हजार ५ सयको दरबन्दी थपको लागि प्रस्ताव गृह हुंदै अर्थ मन्त्रालय पुगेको छ । सशस्त्रमा १७ वर्षदेखी इन्सपेक्टर पदमै रहेकाहरुलाई बढुवा गर्न आईजीपी अर्यालको जोडबल छ । अधिकृतमा भर्ना भएकाहरु १७ वर्षसम्म पनि बढुवा नहुंदा त्यसले सशस्त्रमा समस्या भएको छ । त्यसरी बढुवा नहुने ७० जना छन् भने ५० जना डिएसपी एसपी हुन सकेका छैनन् ।

यदी सशस्त्रमा दरबन्दी थप नहुने हो भने त्यसले संगठनमा ठुलो असर पुग्ने देखिन्छ । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले उनिहरुमाथि अन्याय भएको भन्दै दरबन्दी थपका लागि अहिले प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्म लविङ गरिरहेको स्रोत बताउंछ । तर, अर्थले अहिलेसम्म सकरात्मक जवाफ नदिएको बताइन्छ ।

अर्यालले सेनामाजस्तै १६ वर्ष पुगेपछी पेन्सनको व्यवस्थाको लागि समेत प्रस्ताव अघि बढाएका छन् । त्यसका साथै सशस्त्रका अधिकृत र जवानको लागि शान्ति मिसनमा पठाउनको लागि समेत उनले लविङ अघि बढाएका छन् । त्यसको लागि सकरात्मक खबर आएको स्रोतको दावी छ । सशस्त्रको मालिमा मिसन थप हुने सम्भावना बढेर गएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement