सशस्त्रमा सरुवासम्बन्धी निर्देशिका कार्यान्वयनमा आयो , अव भनशुन काम नलाग्ने


काठमाण्डु – सशस्त्र प्रहरीले सशस्त्र प्रहरी कर्मचारीहरूको पदस्थापन,सरूवा तथा काज सम्बन्धी कार्यविधि,२०७९ निर्देशिका लागु गरेको छ । सशस्त्रमा यसअघि पनि विओपी र वेसमा ६-६ महिनामा कमाण्डर परिवर्तन गर्ने निर्देशिका थियो ।

तर, तत्कालिन आईजिपी शैलेन्द्र खनालले आर्थिक लाभ लिएर कमाण्डरहरुलाई दुई वर्षसम्म कमाण्डमा राखेका थिए । जसले गर्दा सशस्त्र प्रहरी सीमामा विवादमा समेत आएको थियो । खनालको पालामा इन्चार्जहरुबाट पैसा असुली गरेको भन्दै अख्तियारमा उजुरी समेत परेको थियो ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उच्च अधिकारीहरुसंगको छलफलपछि सरुवासम्बन्धी निर्देशिकालाई कार्यान्वयनमा ल्याएका छन् । सशस्त्रले यसअघि इन्सपेक्टर वस्ने ठाउंमा कमाण्डलाई अझै बलियो बनाउन डिएसपीलाई समेत खटाएको छ । सीमामा हुने अपराध, चोरी निकासी र राजस्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउनका लागि सीमामा डिएसपी खटाइएको सशस्त्रका एक अधिकारीले जानकारी दिए ।

निर्देशिका कार्यान्वयनान आएसंगै अव सीमा सुरक्षा गुल्म,बिओपि र अस्थायी सुरक्षा वेशका कमाण्डरहरुको प्रत्येक ६-६ महिनामा वदली हुनेछ । सशस्त्र प्रहरीमा हाल प्रस्तावित सिमा सुरक्षा गुल्म ४८, बोर्डर आउट पोस्ट १ सय १५, डिएसपी इन्चार्ज रहेका वेस २८ र इन्सपेक्टर इन्चार्ज रहेका बेस ५१ वटा छन् ।

सशस्त्र मुख्यायलयले शुक्रवार निर्वाचन आयोगको सहमति लिएर ठुलो संख्यामा सशस्त्र प्रहरी नायब उपरीक्षक र सशस्त्र प्रहरी निरिक्षकहरुको काज सरुवा गरेको छ । कमाण्ड अवधि पुरा भएका कार्यालयका प्रमुखहरुको सरुवा गरिएपनि अरुलाई भने यथावत् राखिएको छ ।

सरुवामा हालसम्म कमाण्डको अवसर प्राप्त नगरेका अधिकृतहरुलाई पहिलो प्राथमिकतामा र कम अवसर प्राप्त गर्ने अधिकृतलाई दोस्रो प्राथिमकतामा राखी मुल्यांकनको आधारमा तयार पारिएको जेष्ठताअनुसार कमाण्डको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी कमाण्ड पूर्वानुमान सूचीमा सूचिकृत नभएर पनि सेवा अवधिका आधारमा अवकास हुन कम समय बांकी रहेका र विगतमा कम कमाण्डको अवसर प्राप्त गर्ने अधिकृतहरुलाई समेत कमाण्डको अवसर दिइएको सशस्त्र प्रहरी बलका प्रवक्ता पुरुषोत्तम थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement