सशस्त्रलाई ७४ करोडको हतियार खरिद गर्ने सम्झौंता रद्द,जीटूजीमार्फत अघि बढाउने तयारी


काठमाण्डु-  सशस्त्र प्रहरी बल (एपीएफ) को हतियार खरिद सम्झौंता रद्द भएको छ । सशस्त्रका लागि करिव ७४ करोड रुपैया बराबरका हातहतियार,त्यसमा लाग्ने गोलीगठ्ठा खरिद गर्ने निर्णय भएको थियो । त्यसका साथै २ हजार थान पिस्तोल र २३ सय थान सटगन खरिद गर्ने निर्णय बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले रद्द गर्ने निर्णय गरेको हो ।

सशस्त्रका लागि पिस्तोल इटालीबाट र सटगन ब्राजिलमा खरिद गर्ने तयारी थियो । विदेशी मुद्रा सन्चितिको अवस्था कमजोर देखाएर सरकारले मन्त्रिपरिषदबाटै हातहतियार खरिद गर्ने सम्झौंता रद्द गरेको हो । जवकी उक्त हतियार खरिदका लागि एलसी समेत खोलिसकेको थियो । गृहमन्त्री बालकृष्ण खांडको प्रस्तावमा खरिद सम्झौंता रद्द गरेको स्रोत बताउंछ ।

सशस्त्रले मर्करी ट्रेडिङ लिमिटेड र पेरुन इन्टरप्राइजेजसँग पिस्तोल प्रतिगोटा ८ सय ५५ डलर र सटगन ८ सय ७५ डलरमा खरिद गर्नको लागि सम्झौंता गरेको थियो ।

सरकारले सुरक्षा निकायलाई हतियार आवश्यक रहेको भएपनि अहिलेको मुलुकको आर्थिक अवस्थालाई मध्यनजर गरेर तत्काललाई खरिद प्रक्रिया रद्द गरेको दावी गरेको छ । तर, आर्थिक अवस्था सुधार भएपछि जीटुजीमार्फत हतियार खरिद गर्ने सरकारको तयारी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement