रविले जुम्लाको स्याउ बाँडेपछि ज्ञानेन्द्रले भने- विदेशी स्याउ रोकिदिनुस्, हाम्रा किसानले यो गुण भुल्ने छैनन्

रविले जुम्लाको स्याउ बाँडेपछि ज्ञानेन्द्रले भने- विदेशी स्याउ रोकिदिनुस्, हाम्रा किसानले यो गुण भुल्ने छैनन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ बाँडिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले पार्टी सभापति रवि लामिछानेलाई धन्यवाद दिएका छन्।

केन्द्रीय समिति बैठक जुम्लाको स्याउ बाँडेर सुरू गरेकोमा लामिछानेलाई धन्यवाद दिँदै शाहीले यसबाट जुम्लाको स्याउको प्रचारमा सहयोग पुग्ने बताएका छन्।

यसका साथै उनले जुम्लाका किसानले उत्पादन गरेको स्याउले उचित मूल्य नपाइरहेको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

कृषि मन्त्रालयसमेत रास्वपाकै नेतृत्वमा रहेकाले स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।

शाहीले जुम्लाको स्याउ बजारमा उपलब्ध हुने अवधिभर विदेशबाट आयात हुने स्याउ रोक्न सरकारसँग अपिल गरेका छन्।

‘जुम्लाको स्याउ बाँडेर यसको प्रचार गरिदिनुभएकोमा धन्यवाद। अब जुम्लाको स्याउ बजारमा रहने समयसम्म विदेशबाट आउने स्याउ रोकिदिनुहोस्,’ शाहीले भने, ‘यति गरिदिनुभयो भने जुम्लेली किसानले तपाईंको यो गुण कहिल्यै बिर्सने छैनन्।’

उनले स्वदेशी उत्पादनलाई प्राथमिकता दिँदै जुम्लाका किसानले उचित बजार र मूल्य पाउने वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन्।