सरकारलाई रास्वपा सांसदको आग्रहः पारिबाट ५ हजारसम्मको सामान ल्याउँदा भन्सार नलगाऔं

सरकारलाई रास्वपा सांसदको आग्रहः पारिबाट ५ हजारसम्मको सामान ल्याउँदा भन्सार नलगाऔं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– चाडपर्व नजिकिएसँगै बढेको महँगीका कारण सर्वसाधारण थप आर्थिक मारमा परेको भन्दै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद अप्सना बानुले सरकारको ध्यानाकर्षण गराएकी छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले इमानदारीपूर्वक व्यापार गर्ने व्यवसायी र आम उपभोक्ता समस्यामा परिरहेको बताइन् । गरिबहरुका लागि चाडवाड बोझ बन्ने अवस्था आएको उनको भनाइ थियो ।

बढ्दो महँगीका कारण चाडपर्व गरिब तथा मध्यमवर्गीय परिवारका लागि आर्थिक बोझ बन्दै गएको उल्लेख गर्दै उनले सीमापारिबाट व्यक्तिगत प्रयोजनका लागि सामान ल्याउने सर्वसाधारणलाई सहज व्यवस्था गर्नसमेत माग गरिन् ।

बानुले चाडपर्वको अवधिमा सीमापारिबाट पाँच हजार रुपैयाँभन्दा कम मूल्यका सामान ल्याउँदा कुनै पनि प्रकारको कर वा शुल्क नलाग्ने व्यवस्था गर्न माग गरिन् ।

‘चाडपर्व भित्रिरहेको समयमा सीमापारिबाट पाँच हजार रुपैयाँभन्दा कमको सामान ल्याउँदा कुनै पनि प्रकारको कर नलगाइयोस्’, उनले भनिन्, ‘यसले मध्यमवर्गलाई राहत दिन्छ ।’

चाडपर्वमा गाउँ फर्किने सर्वसाधारणका लागि हवाई टिकटसमेत पहुँचबाहिर पुगेको बताउँदै उनले हवाई भाडा घटाउन सरकारसँग माग गरिन् ।

‘हवाई टिकट सर्वसाधारणको पहुँचभन्दा धेरै बाहिर पुगिसकेको छ । इमानदारपूर्वक व्यापार गर्ने व्यापारी र आम जनता पिल्सिएका छन्, उनले भनिन् ।

‘