स्वेताकी बहिनी आरती र युट्युबर उत्सब रसाइलीले मागे सुस्मा कार्कीसँग माफी


काठमाण्डु – नायिका स्वेता खड्काकी बहिनी आरती खड्का र युट्युबर उत्सब रसाइलीले माफी मागेका छन् । बुधबार दिनभर प्रहरी कार्यालयमा भएको छलफलपछि आरती र उत्सबले नायिका सुस्मा कार्कीसँग माफी मागेका हुन् ।

अभिनेत्री कार्कीले मंगलबार महानगरीय प्रहरी वृत्त, दरबार मार्गमा आफूमाथि काठमाण्डुको लण्डन पबमा आरती र उत्सबले कुटपिट र गालीगलौज गरेको भन्दै उजुरी दिएकी थिइन् । तर, मंगलबार उत्सब र आरती प्रहरी कार्यालयमा उपस्थित भएनन् ।

अभिनेत्री कार्कीका अनुसार युट्युबर उत्सवले गालीगलौज गरेको र स्वेता खड्काकी बहिनी आरतीले कुटपिट गरेका थिए । बिबाद समाधानपछि सुष्माले भनेकी छिन्, ‘उहाँहरुले माफी मागेपछि मैले माफी दिएँ । अबका दिनमा यस्तो किसिमको गल्ती कहिल्यै नदोहोरियोस् ।’

प्रहरी कार्यालयमा उनीहरुबिच एक अर्कालाई सम्मान गरेर अघि बढ्ने सहमती भएको दरबारमार्गका डिएसपी रामेश्वर पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement