संविधान संशोधनका नाममा लोकतन्त्रमाथि छेडखानी भए अर्को विद्रोह हुन्छः राई

संविधान संशोधनका नाममा लोकतन्त्रमाथि छेडखानी भए अर्को विद्रोह हुन्छः राई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– श्रम संस्कृति पार्टीले संविधान संशोधनका नाममा लोकतन्त्रमाथि छेडखानी गरिए सिंहदरबारमा बस्ने शासकविरुद्ध आन्दोलन हुने चेतावनी दिएको छ ।

सो पार्टीका सांसद् आरेन राईले सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै पाएका अधिकार कुण्ठित गर्न नभई उत्पीडित र पछि पारिएका समुदायलाई थप अधिकार दिन संविधान संशोधन गरिनुपर्ने बताए ।


‘यदि संविधान संशोधन गर्ने हो भने आज एक तिहाई रहेको महिलाहरुको प्रतिनिधित्व बढाएर ५० प्रतिशत पु¥याइउनुपर्छ ।


आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारु, उत्पीडित र पछाडि पारिएका समुदायलाई माथि उठाउने, विद्यार्थी, मजदुर किसानको पक्षमा ०७२ मा जारी भएको संविधानले कहाँकहाँ अधिकार कुण्ठित गरेको छ, उनीहरुको अधिकार पुनर्विचार गरेर संधिवान संंशोधन गरियोस्’, राईले भने, ‘तर, संविधान संशोधनका नामा लोकतन्त्रमाथि छेडखानी गरियो भने फेरि यो सिंहदरबारमा बस्ने शासकहरुका विरुद्धमा पनि विद्रोह हुन्छ ।’


राईले जनताले ००७ सालदेखि हालसम्म पटकपटक सिंहदरबारविरुद्ध विद्रोह गरेको चर्चा गर्दै अहिले पनि सिंहदरबारले मेरो पक्षमा काम गर्छ भन्ने अनुभूति जनताले गर्न नपाएको बताए ।