काठमाण्डु– श्रम संस्कृति पार्टीका सांसद आरेन राईले ढुंगा बोल्ला तर प्रधानमन्त्री नबोल्ने बताएका छन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै राईले डेढ महिनादेखि अभिव्यक्ति सच्चाउन माग गर्दा प्रधानमन्त्रीले जवाफ नदिएको भन्दै यस्तो बताएका हुन् ।
उनले प्रधानमन्त्रीले सीमाका विषयमा दिएको उक्त अभिव्यक्ति नियतवश आएको भन्ने आफूलाई नलागेको बताए ।
उनले भने ‘बरु ढुंगा बोल्ला मान्छे बोल्दैन जस्तै भयो । यसले डर चिन्ता लागेको छ’, उनले भने, ‘वर्तमान प्रधानमन्त्रीले महानगरको मेयर हुँदा एउटा समस्या हुँदा फेसबुकमा लेखेर सिंहदरबार जलाइदिन्छु भन्नुभयो । पछि सिंहदरबार जल्यो । सीमाबारे पनि त्यस्तै हुने त होइन ? ’




प्रतिक्रिया