अवैध भारतीय नोटसहित चार पक्राउ


बुटवल– प्रहरीले अवैध भारतीय नोटसहित चार व्यक्तिलाई भैरहवाबाट पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भैरहवास्थित एक होटलमा भारतीय नोटको अवैध कारोबार हुँदैछ भन्ने विशेष सूचनाको आधारमा होटलबाट सोमबार समातेका उनीहरुलाई आज सार्वजनिक गरिएको हो।

प्रहरीले सिद्धार्थनगर नगरपालिका–१३ स्थित ह्वाइट लोटस होटलको कोठा नं १०७ मा खानतलासी गर्दा अवैध नोटको कारोबारीसहित झोलामा एक हजार दरका दुई हजार ६ सय ५० थान र ५ सय दरका पाँच हजार ३ सय थान गरी ५३ लाख पुरानो भारतीय रुपैयाँ बरामद गरेको प्रहरी नायब उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए।

प्रहरीका अनुसार अवैध भारतीय रुपैयाँको कारोबारमा संलग्न रुपन्देही जिल्ला रोहिणी गाउँपालिका–५ बस्ने ५४ वर्षीय दूधनाथ योगी, सिद्धार्थनगर नगरपालिका–२ बस्ने ३७ वर्षीय गणेश थापा, बुटवल उपमहानगरपालिका–१६ बस्ने ४२ वर्षीय हेमराज कठरिया र सिद्धार्थनगर नगरपालिका–८ बस्ने ३८ वर्षीय राजु बुढाथोकी पक्राउ परेका छन्।

बरामद भारतीय रुपैयाँ र पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement