नेपाल–भारत सीमामा एयरगनसहित एक जना पक्राउ


बाँके–प्रहरीले बाँकेमा एयरगनसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले जाजरकोट भेरी नगरपालिका–९ का अमृत विकलार्इ  नेपाल–भारत सीमानाका जमुनाहाबाट एयरगन र सोको ३४ राउण्ड गोलीसहित  पक्राउ गरेको हाे ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१५ स्थित जमुनाहा नाकाबाट एयर गनसहित विकलाई पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए। जाँचका क्रममा विकको साथबाट हतियार बरामद भएको प्रहरी उपरीक्षक पौडेलले बताए।

प्रतिक्रिया दिनुहोस
Advertisement