सुन व्यवसायीको हत्यामा संलग्न तीन जना पक्राउ


झापा– झापाको विर्तामोडका सुन व्यवसायी साजन मुखियाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

विर्तामोड ३ सैनिकमोडका पारसकुमार देव, प्रकाश भन्ने चिरञ्जिवी ओली र विर्तामोड ८ त्रिवेणी टोलका दिपेश पौडेललाई इलाका प्रहरी कार्यालय विर्तामोडले पक्राउ गरेको हो।

मुखियालाई व्यवसायिक रिसिबीका कारण हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

मुखियाको शव सोमबार इलामको रोङ गाउँपालिका–३ कोल्बुङमा वेवारिसे अवस्थामा फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement