पेस्तोल र गोलीसहित ठमेलबाट एक पक्राउ


काठमाडौ‌‌‌–  राजधानीबाट एक थान पेस्तोल र पाँच राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन्।

प्रहरी वृत्त दरबारमार्गले  प्रहरीले ठमेल ज्याठाबाट ७.९९ एमएम लेखेको पेस्तोल र पाँच राउण्ड गोलीसहित मकवानपुर घर भएका पुकार शिकारीलाई पक्राउ गरेकाे हाे।

घटनाकाे अनुसन्धान भइरहेकाे वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
Advertisement