यातायात विभागका उपसचिव र शाखा अधिकृत अख्तियारको फन्दामा


काठमाडौं– लाइसेन्सको नेपालीकरण गरको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको सुकेधारास्थित यातायात व्यवस्था विभागको लाइसेन्स कार्यालयका प्रमुख र शाखा अधिकृतलाई पक्राउ गरेको छ।

 

 

 

नक्कली कागजात तयार गरी साउदी अरेवियन सवारी चालक अनुमतिपत्रको आधारमा नेपाली सवारी चालक अनुमतिपत्र बनाई दिने (नेपालीकरण गर्नें) गरेको आरोपमा अख्तियारले , उपसचिव सुन्दर भट्टराई र शाखा अधिकृत यमलाल ढकाललाई पक्राउ गरेको हो।

 

 

 

उनीहरुले लाइसेन्स नेपालीकरण गर्ने नाममा फर्जी कागजात तयार गरी ८० हजार रुपैयाँसम्म लिएर लाइसेन्स बच्ने गरेको अख्तियारको दाबी छ।

 

 

 

यसअघि पुस ९ गते पनि यातायात व्यवस्था कार्यालय सुकेधारा काठमाडौंका कार्यरत नायव सुव्बा यादव पौडेल र खरिदार सुमन पोख्रेललाई सोही कामको लागि सेवाग्राहीसँग ३२ हजार रुपैयाँ घुस लिइरहेकै अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement