३३ वर्षपछि पक्राउ परे किशोरी बेचुवा, जेल चलान


नुवाकोट– किशोरी बेचबिखनको मुद्दामा अदालतबाट दोषी ठहर भएपनि फरार रहेका एक अभियुक्त ३३ वर्षपछि पक्राउ परेका छन्।

गाउँकै एक किशोरीलाई भारतमा लगी बिक्री गरेको अभियोगमा २०४१ चैत १४ गते अदालतबाट दोषी ठहर भई १० वर्षको कैद फैसला गरिएका साविक तलाखु गाविस–२ घर भएका कामी तामाङ पक्राउ परेका हुन्।

काठमाडौ‌को तीनचुलेबाट पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि नुवाकोट जिल्ला अदालतमा बुझाइएको नुवाकोट प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए।

अदालतले उनलाई कैद सजाय भुक्तानीका लागि कारागार चलान गरेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement