सरकारी जागिरको प्रलोभन देखाएर १० लाख असुल्ने विद्युत प्राधिकरणका ‘नक्कली महाप्रबन्धक’ पक्राउ


काठमाडौं– प्रहरीले सरकारी जागिरको प्रलोभन देखाएर १० लाख रुपैयाँ असुल्ने दुई जनालाई पक्राउ गरेको छ।

 

 

नेपाल विद्युत प्राधिकरणमा स्थायी जागिरमा नाम निकालिदिने भन्दै रकम असुलेको आरोपमा सप्तरी बलान विहुल गाउँपालिकाका जयप्रकाश दास र सिरहा भगवानपुरका अशोककुमार मुखिया पक्राउ परेका हुन्।

 

 

उनीहरु नेपाल विद्युत प्राधिकरणबाट विज्ञापन भएको सिनियर मिटर रिडर पदमा आवेदन दिएकामध्ये केही आवेदकसँग १० लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए।

 

 

दासले आफू श्रम मन्त्रालयको कर्मचारी भएको तथा विद्युत प्राधिकरणका महाप्रबन्धकलगायत ठूला कर्मचारीलाई आफूले चिनेको भन्दै आफ्नो बैंक खातामा १० लाख रुपैयाँ जम्मा गर्न लगाइ फरार भएका थिए।

 

 

प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले मुखिया र दासलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न म्याद थप भएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement