आज अर्जेन्टिना र क्रोएसिया भिड्दै ,कस्ले मार्ला बाजी


मस्को – २१औं संस्करणको विश्वकपको शुरुवात अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीका लागि शुखत रहेन । पहिलो पटक विश्वकप खेलिरहेको आइसल्याण्डसँग बराबरीमा रोकिदा मेसीका लागि पहिलो खेल शुखत रहेन ।

दुई पटक विजेता र तीन पटक उपविजेता बनेको अर्जेन्टिनाका लागि यो संस्करणको विश्वकप शुरुवाती लक्षण खासै राम्रो देखिएको छैन ।
पहिलो खेलमा अर्जेन्टिना आइसल्याडसँग १-१ को बराबरीमा रोकियो । मेस्सीले पेनाल्टी मिस गरेको त्यो खेलबाट बाहिर आएर अर्जेन्टिना दोस्रो खेलमा आज क्रोएसियासँग प्रतिस्पर्धा गर्दैछ ।

पहिलो खेलमा नाइजेरियालाई २-० ले हराएको क्रोएसियाको मनोबल उच्च छ । उसले अब एक खेल जितेमा अन्तिम १६ मा स्थान बनाउने पक्का हुनेछ । अर्जेन्टिनासँगको खेलमा क्रोएसिया निकाला कालिनक बिना नै मैदान उत्रिने छ । खेल्न नमानेपछि स्ट्राइकर कालिनिकलाई घर पठाइएको हो ।

मेस्सीले आइसल्याण्डसँगको खेलमा ११ पटक पोस्ट प्रहार गरे र गोल गर्न सकेनन् । उनले बिहीबार राति पौने १२ बजे हुने खेलमा त्यो खेलमा नगर्न नसकेको कुरा पनि गर्न सक्ने छन् ।अर्जेन्टिना र क्रोएसियाबिच यसअघि चारपटक भेट भएको छ । ती भेटमा अर्जे्न्टिना दुई पटक विजयी भएको छ भने एक पटक क्रोएसिया र एक पटक बराबरी भएको छ ।

दुई टोलीबिच विश्वकपमा भने यसअघि एक पटक मात्रै भेट भएको छ । सन् १९९८ को विश्वकपमा समूह चरणमा भएको भेटमा अर्जे्न्टिना १-० ले विजयी भएको थियो । त्यो बेला अर्जेन्टिना समूह विजेता तथा क्रोएसिया उपविजेताको रुपमा अन्तिम १६ मा पुगेका थिए ।

अर्जे्न्टिना

अर्जेन्टिनाले विश्वकपमा आफ्ना सुरुका दुई खेल पछिल्लो पटक जित्न नकसेको भनेको सन् १९७४ मा हो । त्यसयताका विश्वकपमा अर्जेन्टिनाले सुरुका दुई मध्ये कम्तिमा एक खेलमा जित निकालेको छ । अर्जेन्टिनाले विश्वकपमा समूह चरणका पछिल्ला १६ खेलमा एकमा मात्रै हार बेहोरेको छ । उसले सन् २००२ को विश्वकपमा इंग्ल्याण्डसँग १-० को हार बेहोरेको थियो ।

१२ खेलमा अर्जे्न्टिना विजयी भएको छ भने तीन खेलमा बराबरी भएको छ । अर्जे्न्टिनाले प्रतियोगिताका पछिल्ला १० खेलमा दुई खेलमा मात्रै एक भन्दा बढी गोल गरेको छ । १० खेलमा उसले गरेको गोल संख्या ९ मात्रै हो । अर्जेन्टिनाका सर्जियो अग्युरोले राष्ट्रिय टिमबाट पछिल्ला चार खेलमा गोल गरेका छन् । मेस्सीले विश्वकपमा पछिल्ला २१ पोस्ट प्रहारमा गोल गर्न सकेका छैनन् । तर राष्ट्रिय टिमबाट पछिल्लो २ वर्षमा अर्जेन्टिनाका लाथि १७ खेलमा १४ गोल गरेका छन् । उनले पछिल्ला चार खेलमा ६ गोल गरेका छन् ।

क्रोएसिया
क्रोएसियाले सन् १९९८ यता विश्वकपमा लगातार दुई खेल जितेको छैन । बिहीबार राति हुने खेल जितेमा उसले २० वर्षअघिको लगातार जितको त्यो शृङ्खला फेरि दोहोर्याउने छ । क्रोएसियाले विश्वकपमा आफ्नो दोस्रो खेल अहिलेसम्म हारेको छैन । उसले तीन खेल जितेको छ भने एक खेलमा बराबरी भएको छ । तर विश्वकपमा अहिलेसम्म उसले दक्षिण अमेरिकी टिममाथि जित निकाल्न सकेको छैन । यसअघि दक्षिण अमेरिकी देशसँग भएका चार खेलमा सबैमा क्रोएसिया हारेको छ, तीन पटक ब्राजिल तथा एक पटक अर्जेन्टिनासँग । एजेन्सी

प्रतिक्रिया दिनुहोस
Advertisement