क्रोएसियालाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश


काठमाण्डु- क्रोएसियालाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान कतारको लुसाइल रंगशालामा सम्पन्न खेलमा अर्जेन्टिना क्रोएसियालाई ३–० ले पराजित गर्दै विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।

अर्जेन्टिनाको जितमा कप्तान मियोनेल मेस्सीले खेलको ३४ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे भने जुलियनले ३९ र ६९ औं मिनेटमा गोल गरे । हारसँगै अघिल्लो संस्करणको उपविजेता क्रोएसियाको यो पटक विश्वकप जित्ने सपना चकनाचुर बनेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement