नेपाल एयरलाइन्सले भित्र्यायो थप दुई चिनियाँ जहाज


काठमाडौं– नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले चिनियाँ कम्पनीका थप दुईवटा जहाज भित्र्याएको छ।

चीनको हार्विन एयरक्राफ्ट ग्रुपले निर्माण गरेको दुुईवटा पीएस–१२ ई जहाज मंगलबार त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

यसअघि २०६९ मा नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौताअनुसार निगमले ६ मध्ये २ जहाज थपेको हो। तीमध्ये चारवटा जहाज यसअघि नै आइसकेका थिए।

६ वटामध्ये दुई वाई १२ र एमए ६० विमान चिनियाँ अनुदानमा रहेको नेपाल वायुसेवा निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले जानकारी दिए।

बाँकी विमान एक्जिम बैंकको सहुलियत ऋणमा खरिद गरिएको हो।

प्रतिक्रिया दिनुहोस
Advertisement