देशमा धार्मिक द्वन्द्व मच्चाउने कोसिस भइरहेकाले सचेत हुनुपर्छ : सांसद केसी


काठमाण्डु – नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले मुलुकमा धार्मिक द्वन्द्व मच्चाउने कोसिस भइरहेको बताएका छन् ।

आज शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले धार्मिक द्वन्द्व मच्चाउने कोसिस भइरहेकाले सचेत हुनुपर्ने बताए ।

समाजमा नियोजित रूपमा अराजकता फैलाउने र द्वन्द्व निम्त्याउने स्थिति निर्माण भएको उल्लेख गर्दै उनले सतर्क र गम्भीर हुनुपर्ने बताए । उनले भड्काउने अभिव्यक्तिलाई सरकारले बेलैमा नियन्त्रण गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement