काठमाण्डु – गायक अर्जुन गुरुङ र गायिका लक्ष्मी परियारको स्वरमा ‘पिरतीको डोरी’ सार्वजनिक भएको छ ।
प्रेमिकालाई गायकले आफ्नो निःस्वार्थ प्रेममा कुन शंका नगर्न आग्रह गरेका छन् ।
भावनात्मक रूपमा प्रेमको सम्बन्ध कालान्तरसम्म जीवित हुने कुरामा गायकले गायिकालाई विश्वस्त पार्न खोजेका छन् । अर्जुन गुरुङको शब्द तथा लय सिर्जनामा रहेको गीतमा प्रेमिल भावहरू भेट्न सकिन्छ ।
उत्तम हुमागाईंको छायांकन, राजेन्द्र पुरी र अर्जुन थापाको सम्पादन रहेको गीतको भिडियो शिशिर बुढाथोकीको निर्देशनमा तयार गरिएको छ । गीतमा दिपेन्द्र गिरी र आभा थापाको अभिनय छ ।
प्रतिक्रिया