कांग्रेस महाधिवेशन : मतदान फेरि सर्‍यो

कांग्रेस महाधिवेशन : मतदान फेरि सर्‍यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय फेरि सारिएको छ। अब मतदान शुक्रबार बिहान ७ बजेदेखि सुरु हुने भएको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार केही प्राविधिक समस्या तथा तयारी पूरा नभएका कारण मतदानको समय सारिएको हो।

मतदानको समय चौथोपटक सारिएको हो। यसअघि बुधबार मतदान गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको थियो। उम्मेदवारी फिर्ताको समय थपिएपछि बिहीबार बिहान १० बजेको समय तोकिएको थियो।

तर, तयारी नपुगेको भन्दै मतदानको समय बिहीबार दिउँसो १ बजे र त्यसपछि २ बजेका लागि सारिएको थियो। दिउँसो २ बजे पनि मतदान सुरु हुन सकेन।

निर्वाचन समितिका अनुसार मतपत्र छपाइमा ढिलाइ भएपछि अब शुक्रबार बिहान ७ बजेबाट मतदान सुरु गरिने भएको हो।