बालेनलाई अर्जुननरसिंहको प्रश्नः तपाईं एक्लिएको कि एक्लै हिंड्न खोजेको ?

बालेनलाई अर्जुननरसिंहको प्रश्नः तपाईं एक्लिएको कि एक्लै हिंड्न खोजेको ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– कांग्रेस नेता एवं संसदका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन्द्र शाह एक्लै हिंड्न खोजेको कि एक्लिएको भन्दै प्रश्न गरेका छन् ।

मंगलबार प्रतिनिधिसभामा बोल्दै सांसद केसीले प्रधानमन्त्री एक्लै हिंड्न खोजेको वा एक्लिएको भन्ने बुझ्न कठिन भएको बताए । ‘प्रधानमन्त्रीको एक्लै हिँड्ने लहड हो कि एक्लै पर्नुभएको ? केसीले प्रश्न गरे ।

प्रधानमन्त्री शाहले शुक्रबार मध्यराति सामाजिक सञ्जालमार्फत आफू एक्लो भएको बताएका थिए ।

केसीले देश र जनताको हितमा सिंगो संसद् प्रधानमन्त्रीको साथमा रहेको स्पष्ट गरे ।

उनले प्रधानमन्त्री शाहलाई संसद्प्रति नगर्न र आफ्नो जवाफदेहितालाई ऐच्छिक नभई संवैधानिक कर्तव्यका रुपमा लिन सुझाव दिए ।