सेनाका दुई प्रेम उपरथी र सहायकरथीमा बढुवा हुंदै


काठमाडौं– नेपाली सेनाले रिक्त एक उपरथी र सहायकरथी पदमा बढुवाको लागी सात दिने सुचना प्रकाशित गरेको छ । सैनिक मुख्यालयले बढुवाको लागी सोमबार सुचना प्रकाशित गरेको हो ।

सेनाका सहायकरथी प्रेम शाही उपरथीमा र महासेनानी प्रेम पुन सहायकरथीमा बढुवा हुंदैछन् । शाही प्रधानसेनापति पूर्णचन्द्र थापाका सैनिक सहायक हुन् । उनको गत साता मात्र निती निर्देशनालयमा सरुवा भइसकेको छ ।

यसअघि प्रधानसेनापति थापाकै सैनिक सहायक रहेका पुनले हालै अमेरिकामा नेशनल डिफेन्स कोर्स (एनडिसी) सकेर स्वदेश फर्कने तयारीमा छन् ।

यता, सैनिक गुप्तचर महानिर्देशनालयका प्रमुख रहेका उपरथी झंकर कठायतले साउन १५ मा अवकास पाएसंगै हाल सैनिक प्रवक्ता रहेका सहायकरथी विज्ञानदेव पाण्डे उपरथी हुने लाईनमा छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement