सशस्त्र प्रहरी प्रधान कार्यालयमा कानूनी सहायता कक्ष स्थापना


काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयमा कानूनी सहायता कक्ष स्थापना गरिएको छ ।

बहालवाला, अवकाश प्राप्त कर्मचारी र तिनमा आश्रित परिवार तथा अमर सशस्त्र प्रहरीका परिवारका कानूनी समस्या समाधानका लागि सहायता कक्ष स्थापना गरिएको छ ।

२३औं सशस्त्र प्रहरी दिवस २०८० को अवसरमा कानून महाशाखामा रहने गरी कक्ष स्थापना गरिएको छ । न्यून आय भएका तथा न्यायको पहुँचमा पुग्न नसकेकाहरूलाई सहयोग पुर्‍याउन कक्षको स्थापना गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement