सशस्त्र प्रहरी प्रवक्तामा न्यौपाने नियुक्त

सशस्त्र प्रहरी प्रवक्तामा न्यौपाने नियुक्त


काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपाने नियुक्त भएका छन् ।

यसअघि प्रवक्ता रहेका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काको सरुवा भएपछि प्रहरी नायव महानिरीक्षक न्यौपानेलाई प्रवक्ताको जिम्मेवारी दिइएको छ ।

न्यौपाने यसअघि सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय अत्तरिया कैलालीको बाहिनीपति रहेका थिए ।