छाङरु र दुम्लिङमा सशस्त्र प्रहरीको स्वास्थ्य शिविर सञ्चालन


काठमाण्डु – सशस्त्र प्रहरीले छाङरु र दुम्लिङमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । गत शनिबार दार्चुलाको छाङरु पुगेको सशस्त्रका चिकित्सकसहितको टोलीले त्यस क्षेत्रका स्थानीयलाई स्वास्थ्य सेवा प्रदान गरेको हो ।

त्यस क्षेत्रका सुरक्षाकर्मी र स्थानीय गरी झण्डै एकसय जनाको स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा सशस्त्र प्रहरीका निरीक्षक डा.रेनिश भट्टराईले स्वास्थ्य परीक्षण गरेका थिए ।

छाङरुमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय गरी ५५ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । दुम्लिङमा सशस्त्र प्रहरी र स्थानीय गरी ३५ जनाको स्वास्थ्य परीक्षण गरिएको दार्चुलाका गणपति एसपी नरेन्द्र बमले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement