सशस्त्र प्रहरीमा डिआइजी र एसएसपीहरुको सरुवा र पदस्थापन (नामसहित)


काठमाण्डु – सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी नायब महानिरीक्षकहरुको सरुवा गरेको छ । सशस्त्रले पाँच जना प्रहरी नायब महानिरीक्षकको सरुवा गरेको हो । सरुवा हुनेहरुमा खड्ग बहादुर राई, प्रविण कुमार श्रेष्ठ, राजु अर्याल, नारायणदत्त पौडेल र चन्द्र प्रकाश गौतम रहेका छन् ।

राई राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान, श्रेष्ठ वैद्यनाथ बाहिनी मुख्यालय कैलाली, अर्याल पशुपतिनाथ बाहिनी मुख्यालय काठमाण्डु, पौडेल मुक्तिनाथ बाहिनी मुख्यालय कास्की र गौतम छिन्नमस्ता बाहिनी मूख्यालय महोत्तरीमा सरुवा भएका छन् ।

त्यस्तै ६ जना सशस्त्र प्रहरी नायब महानिरीक्षकहरुकोसमेत पदस्थापन गरिएको छ । पदस्थापनहुनेहरुमा कमल गिरी, गणेश बहादुर ठाडा मगर, अभि कुमार खत्री, कुल बहादुर नेम्वाङ, दुर्गा प्रसाद भट्टराई र शम्भु सुवेदी रहेका छन् ।

साथै सशस्त्र वरिष्ठ उपरीक्षक र कायम मुकाम सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरुको सरुवा तथा पदस्थापन भएका छन् ।

सरुवा हुने सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरुमा प्रेमराज पोखरेल, इन्द्रराज कार्की, भेषबहादुर शाह, कृष्णराज पाठक र श्याम कोइराला रहेका छन् ।

पोखरेलको बराह बाहिनी मुख्यालय सुनसरी, कार्की, गढीमाई बाहिनी मुख्यालय मकवानपुर, युएन शान्ति स्थापना तालिम शिक्षालय ककनी नुवाकोट, पाठक सशस्त्र प्रहरी जवान तालिम शिक्षलय नौबस्ता बाँके र कोइराला राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबारमा सरुवा भएका छन् ।

त्यस्तै पदस्थापन हुने सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरुमा रेशम कुमार थक्सु, प्रेम शाह, प्रेम ध्वज शाह, गाहारधन राई, सोमबहादुर गुरुङ, सुरेश कुमार श्रेष्ठ, दिपेन्द्र शाह, दीपक अधिकारी, पुरुषोत्तम थापा र अञ्जनी कुमार पोखरेल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement