सशस्त्रको एआईजीमा पोखरेललाई बढुवा गर्न सिफारिस

सशस्त्रको एआईजीमा पोखरेललाई बढुवा गर्न सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सशस्त्र प्रहरी बलका डीआईजी अञ्जनी कुमार पोखरेललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ ।

बढुवा समितिको मंगलबार बसेको बैठकले रिक्त रहेको पदमा पोखरेललाई बढुवा गर्न सिफारिस गरेको हो । पोखरेल अहिले सशस्त्र प्रहरीको बागमती प्रदेश प्रमुख छन् ।

एआईजी बढुवा उपर चित्त नबुझेमा ७ दिनभित्र उजुरी गर्न सकिने सिन बढुवा समितिले जनाएको छ ।