सभामुखले आगामी दिनमा कुनै दलमा आबद्ध नहुने घोषणा गरौं : अमरेश सिंह


काठमाण्डु- स्वतन्त्र सांसद अमरेशकुमार सिंहले अब निर्वाचित हुने सभामुखले सभामुख बनिसकेपछि कुनै पनि पार्टीमा अबद्धता नरहेको र यसपछिका दिनमा पनि कुनै पार्टीमा नरहने घोषणा गर्नुपर्ने बताएका छन् । कुनै एक पार्टीबाट सभामुख बन्दा त्यस पार्टीप्रतिको जिम्मेवारी पार्टी सदस्यताले सभामुखलाई निश्पक्ष नबनाउने उनको भनाइ छ ।

सभामुख चयनका क्रममा उनले सत्तापक्षबाट सभामुखका उम्मेदवार देवराज घिमिरेलाई समर्थन गर्दै अहिलेको संसदमा मजबुद प्रतिपक्ष नरहेको संसद संसद जस्तो नरहेको बताए । उनले सरकार र पतिपक्ष एकै भएकाले यो सरकार निरंकुस बन्ने हो की भन्ने शंका लागेको बताए ।

अहिले बाडिचुडी खाँदा लोकतन्त्र र यो व्यवस्था नै समाप्त हुने सम्भावना रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement