भारतमा अभ्यास सूर्यकिरणमा सहभागी नेपाली फौज स्वदेश फिर्ता


काठमाण्डु – नेपाली सेना र भारतीय सेनाका फौज सहभागी भएर गत मंसिर ८ गतेदेखि पिथौरागढ (भारत) मा सञ्चालित संयुक्त तालिम अभ्यास मंसिर २१ गते समापन भएको छ ।

नेपाली सेनाबाट प्रमुख सेनानी सुवास केसीको नेतृत्वमा ३३४ जनाको सहभागिता रहेको तालिम प्रतिविद्रोह तथा प्रतिआतंकवाद, कार्यक्षमता र विपद् व्यवस्थापनमा आधारित थियो ।

नेपाल र भारतमा आलोपालो सञ्चालन हुने अभ्यासको १७औं संस्करण भारतमा सञ्चालन भएको हो । अभ्यासको निरीक्षणको लागि नेपाली सेनाको तर्फबाट सहायक रथी सानुकाजी थापा खटिएका थिए । अभ्यास समापनपश्चात् आज शुक्रबार नेपाली सेनाको टोली स्वदेश फिर्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement