सहायकरथी केसीले सम्हाले सैनिक प्रवक्ताको जिम्मेवारी


काठमाण्डु – नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशक एवं प्रवक्ताको जिम्मेवारी सहायकरथी गौरवकुमार केसीले सम्हालेका छन् ।

निवर्तमान प्रवक्ता एवं सहायकरथी कृष्णप्रसाद भण्डारीले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा आज आयोजित कार्यक्रममा सहायकरथी केसीलाई औपचारिक रूपमा प्रवक्ताको कार्यभार हस्तान्तरण गरेका छन् ।

सहायकरथी भण्डारीले प्रवक्ताको जिम्मेवारीमा रहने क्रममा आमसञ्चार जगतका सबै सञ्चार गृह, प्रकाशक, सम्पादक र विशेषगरी रक्षासँग सम्बन्धित बिटमा कार्यरत पत्रकारबाट भएको सद्भाव, शुभेच्छा र सहयोगका लागि आभार व्यक्त गरेका छन् ।

केसीले नेपाली सेना र आमसञ्चार जगतबीचको सम्बन्ध एवं सहयोग आगामी दिनमा थप प्रगाढ र सुमधुर रहने बताएका छन् ।

पोखरास्थित ३ नम्बर बाहिनी अड्डा प्रमुख रहेका केसीलाई सेनाले हालै प्रवक्ताको जिम्मेवारीमा ल्याएको छ भने सहायकरथी भण्डारीलाई सैनिक अभिलेखालयमा सरुवा गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement