सेनाको कानून विभागको नेतृत्व दाहाललाई, दर्ज्यानी चिह्न प्रदान


काठमाण्डु – नेपाली सेनाको कानून विभागको नेतृत्व उपरथी जीवनप्रसाद दाहालले पाएका छन् ।

सैनिक नेतृत्वले दाहाललाई कानून विभागको नेतृत्व दिएको हो ।

मन्त्रिपरिषद्को वैशाख २० गतेको निर्णयअनुसार प्राड उपरथी दर्जामा पदोन्नति भएका दाहाललाई सोमबार प्रधानसेनापति प्रभुराम शर्माले जंगीअड्डामा आयोजित कार्यक्रमबीच उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

कार्यक्रममा बलाधिकृत रथी अशोकराज सिग्देल, रथीवृन्द, अधिकृतहरूका साथै पदोन्नति भएका रथीवृन्दको परिवारजनको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement