काठमाण्डु – सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित उपमहानगरपालिका कार्यालय अगाडिको पसल छेउमा फेला परेको शंकास्पद वस्तुलाई नेपाली सेनाले निष्क्रिय पारेको छ ।
मंगलबार बेवारिसे अवस्थामा प्याकिङ गरेर फालिएको झोलामा विस्फोटक वस्तु हुनसक्ने आशंका लागेपछि सेनालाई खबर गरिएको थियो ।
सेनाको बम डिष्पोजल टोलीले शंकास्पद वस्तुलाई सुरक्षित साथ निष्क्रिय पारेको जनाइएको छ ।
प्रतिक्रिया