काठमाण्डु – नेपाली सेनाका प्रधानसेनापति अशोक राज सिग्देलले हालै बढुवा भएका उपरथी नकुल बहादुर रायमाझीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
पुस २६ गतेबाट उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी नकुल बहादुर रायमाझीलाई बुधबार प्रधानसेनापति सिग्देलले जङ्गीअड्डामा आयोजित कार्यक्रममा दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
पदोन्नतिसँगै उपरथी रायमाझी सैनिक इन्टेलिजेन्स महानिर्देशनालय (इन्टेलिजेन्स कोर) को महानिर्देशकमा नियुक्त भएका छन् । सेनामा प्रधानसेनापति मातहत रहने सैनिक गूप्तचर महानिर्देशनालयको प्रमुखको जिम्मेवारी निकै महत्वपूर्ण मानिन्छ ।
कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथीवृन्द, अधिकृतहरूका साथै उपरथी रायमाझीका परिवारजनको उपस्थिति थियो ।
प्रतिक्रिया