सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संयुक्त राष्ट्रसंघको आह्वानमा सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ ।

श्री दि फेमश महिन्द्रदल गण (शान्ति सेना) छैठौं डफ्फा र श्री सैनिक प्रहरी युनिट (शान्ति सेना) नवौं डफ्फालाई बदली गर्नुका लागि श्री रिपुमर्दन गण (शान्ति सेना) सातौं डफ्फाका १६३ जना र श्री सैनिक प्रहरी युनिट (शान्ति सेना) दशौं डफ्फाका ३२ जना गरी जम्मा १९५ जना नेपाली शान्ति सैनिकहरूको अन्तिम टोली सेनानी श्याम सुन्दर कार्कीको नेतृत्वमा संयुक्त राष्ट्रसंघको चार्टड विमानद्वारा मंगलबार मिसन इलाकातर्फ प्रस्थान गरेका छन् ।

यसअघि मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी श्री दि फेमश महिन्द्रदल गण (शान्ति सेना) छैठौं डफ्फामा कार्यरत १६५ जना, श्री सैनिक प्रहरी युनिट (शान्ति सेना) नवौं डफ्फामा कार्यरत ३२ जना र नेसनल सपोर्ट टीममा सहभागी ३ जना गरी जम्मा २०० जना शान्ति सैनिकहरू प्रमुख सेनानी रमेश खड्काको नेतृत्वमा मंगलबार नै स्वदेश फिर्ता भएका छन् ।

हाल मिसनमा नेपाली सेनाका १ हजार २४४ जना शान्ति सैनिकहरू कार्यरत छन् ।