काठमाण्डु – संयुक्त राष्ट्र संघको आह्वानमा लिबियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ ।
शान्ति स्थापना कार्यको लागि लिबियामा तैनाथ श्री स्पेसल गार्ड युनिट अन्तर्गत श्री भगवती प्रसाद गुल्म (शान्ति सेना) छैटौं डफ्फालाई बदली गरिएको छ ।
श्री नयाँ भैरवीदल गुल्म (शान्ति सेना) सातौं डफ्फाका ११६ जना शान्ति सैनिकहरूको पहिलो टोली प्रमुख सेनानी प्रकाशबहादुर सिंहको नेतृत्वमा सोमबार मिसन इलाकातर्फ प्रस्थान गरेको छ ।
मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी ११४ जना नेपाली शान्ति सैनिकहरू सेनानी संजिवराज नेपालको नेतृत्वमा मंगलबार स्वदेश फिर्ता भएका छन् ।
हाल मिसनमा नेपाली सेनाका २३२ जना शान्ति सैनिकहरू कार्यरत छन् ।
प्रतिक्रिया