लिबियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

लिबियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि लिबियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ ।

लिबियामा तैनाथ श्री स्पेसल गार्ड युनिटअन्तर्गत श्री भगवती प्रसाद गुल्म (शान्ति सेना) छैटौं डफ्फालाई बदली गर्नका लागि श्री नयाँ भैरवीदल गुल्म (शान्ति सेना) सातौं डफ्फाका ११५ जना शान्ति सैनिकहरूको अन्तिम टोली सेनानी रामकृष्ण बस्नेतको नेतृत्वमा आईतबार मिसन इलाकातर्फ प्रस्थान गरेको छ ।

मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी ११५ जना नेपाली शान्ति सैनिकहरू प्रमुख सेनानी विश्वनाथ तिमल्सिनाको नेतृत्वमा मंगलबार स्वदेश फिर्ता भएका छन् ।

हाल मिसनमा नेपाली सेनाका २३२ जना शान्ति सैनिकहरू कार्यरत छन् ।