नेपाल–भारत संयुक्त कञ्चनजंघा हिमाल आरोहणका सहभागीलाई जङ्गी अड्डामा सम्मान

नेपाल–भारत संयुक्त कञ्चनजंघा हिमाल आरोहणका सहभागीलाई जङ्गी अड्डामा सम्मान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल–भारत संयुक्त कञ्चनजंघा हिमाल आरोहण २०२५ अन्तर्गत हिमाल आरोहणमा सहभागी नेपाली सेनाका अधिकृत, पदीक तथा अन्य दर्जा १० जना र केन्द्र एवं वेस क्याम्पबाट समन्वय गर्ने ५ जना गरी १५ जनालाई प्रधानसेनापति अशोक राज सिग्देलले शुक्रबार जङ्गी अड्डामा आयोजित कार्यक्रमबीच प्रधानसेनापति प्रशंसा निसानद्वारा सुशोभित गरेका छन् ।

संयुक्त कञ्चनजंघा हिमाल आरोहण टोलीमध्ये नेपाली सेनाका १० र भारतीय सेनाका ५ गरी जम्मा १५ जनाले जेठ ५ र ६ गते कञ्चनजंघा हिमालको सफलतापूर्वक आरोहण गरेको थिए ।

अभियानको २०८१ चैत्र २१ गते मित्रराष्ट्र भारतको नयाँदिल्लीमा भारतीय रक्षामन्त्रीको उपस्थितिमा ‘फ्ल्याग अफ सेरेमोनी’ सम्पन्न भएको थियो भने जेठ १९ गते जङ्गी अड्डामा रक्षामन्त्री मानवीर राईको प्रमुख आतिथ्यमा ‘फ्ल्याग अफ सेरेमोनी’ सम्पन्न भएको थियो ।

सुशोभन कार्यक्रममा बलाध्यक्ष, रथीवृन्द तथा अधिकृतहरूको उपस्थिति थियो ।