सेनाको राष्ट्रिय साइबर सुरक्षा गोष्ठी सञ्चालन

सेनाको राष्ट्रिय साइबर सुरक्षा गोष्ठी सञ्चालन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाले बिहीबार राष्ट्रिय साइबर सुरक्षा गोष्ठी २०८२ सञ्चालन गरेको छ ।

जङ्गी अड्डामा प्रधानसेनापति अशोक राज सिग्देलको प्रमुख आतिथ्यमा पाँचौं संस्करणको १ दिवसीय ‘राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८२’ सञ्चालन भएको हो ।

सूचना तथा प्रविधिको तीव्र विकास र विस्तारले मानवीय जीवनलाई सहज बनाउनुका साथै साइबर आक्रमण र साइबर अपराधका घटनाहरूले जोखिम समेत बढाएको परिप्रेक्ष्यमा साइबर सुरक्षाका क्षेत्रमा आपसी ज्ञान, सीप र अनुभवहरू आदान प्रदान गराउने उद्देश्यले गोष्ठी सञ्चालन भएको थियो ।

२ चरणमा सञ्चालित गोष्ठीमा नेपाल सरकारका विभिन्न मन्त्रालयहरू, नेपाली सेना, अन्य सुरक्षा निकाय, सरकारी तथा साइबर सुरक्षासँग सम्बन्धित गैरसरकारी निकायका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो ।

साइबर सुरक्षा सम्बन्धी विषय विज्ञहरूद्वारा प्रस्तुतीकरण गरिएको गोष्ठीमा सहभागीहरू बिच विभिन्न परिस्थितिलाई मध्यनजर गर्दै अन्तरक्रिया तथा अभ्यास समेत सञ्चालन गरिएको थियो ।