सैनिक नियमावली संशाेधन गर्न रक्षाले गठन गर्‍याे कार्यदल


काठमाडौं–सरकारले सैनिक सेवा नियमावली २०६९ संशोधनका लागि कार्यदल गठन गरेको छ।

रक्षा मन्त्रालयले मन्त्रालयको कानुन महाशाखा प्रमुख समेत रहेका सहसचिव ऋषि राजभण्डारीको संयोजकत्वमा ६ सदस्यीय
कार्यदल गठन गरेको हो।

कार्यदलमा रक्षा मन्त्रालयको नीति योजना तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखा र मानव संशोधन विकास महाशाखा प्रमुख, नेपाली सेनाको व्यवस्था, नीति तथा योजना महानिर्देशनालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधि सदस्य तथा रक्षा मन्त्रालयकै कानुन सेवाका उपसचिव सदस्य सचिव तोकिएको छ।

रक्षा मन्त्रालयका प्रवक्ता बाबुराम गौतमका अनुसार सैनिक अधिकृत तथा जवानको सरुवा–बढुवा तथा वृत्तिविकास लगायतका विषयलाई समय अनुकूल बनाउँन नियमावली संशोधन कार्य अघि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement