ब्रेकिंग न्युज सुरक्षा

रक्षामन्त्री पोखरेलद्वारा सेनाकाे दीक्षान्त कवाज निरीक्षण

काठमाडौँ–  उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नवलपरासी जिल्लाको हात्तीखोरस्थित राष्ट्रिय सेवा दल, मध्य तालीम शिक्षालयमा सञ्चालित चौथो चरणको सिनियर डिभिजन तालीमको दीक्षान्त कवाज  निरीक्षण गरेका छन्।

Dish Home

राष्ट्रिय सेवा दलका सहसंरक्षकसमेत रहनुभएका रक्षामन्त्री पोखरेलले समारोहमा प्रशिक्षार्थीलाई दज्र्यानी चिह्न प्रदानका साथै शिल्ड तथा पुरस्कार प्रदान गर्नुभएको थियो । सो अवसरमा रक्षामन्त्री पोखरेलले प्रशिक्षार्थीबाट हुने प्रेरणादायी जानकारी तथा विभिन्न प्रदर्शनीको अवलोकन गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

राष्ट्रिय सेवा दलद्वारा सञ्चालित सि.सं. १४ सिनियर डिभिजन र सि.सं. ४५ जुनियर डिभिजन तालीममा सहभागी क्याडेट छात्रछात्राको वार्षिक सामूहिक क्याम्पमध्येको उक्त क्याप एक हो ।

अनुशासित, मर्यादित, संस्कारयुक्त नागरिक, सामाजिक दायित्व, राज्यका संस्थाप्रति सम्मान, मुलुक र राष्ट्रियताप्रति समर्पित, नेतृत्व र व्यक्तित्व विकास, सामान्य सैनिक कला, विपद् व्यवस्थापन र विपत्तिको समयमा स्वयम्सेवकका रुपमा भूमिका निर्वाह गर्न सक्षम बनाउने उद्देश्यले नेपाली सेनाले विद्यालयका छात्र छात्रालाई सहभागी गराई तालीम प्रदान गर्दै आएको छ । यो तालीम २०२२ सालबाट सञ्चालन हुँदै आएको नेपाली सेनाले जनाएको छ ।

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android App iOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Prabhu Bank
Shivam Cement
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Salt Trading
Nepal Life Insurance

Now get KathmanduPati App on your mobiles.

Android App iOS App
Scroll to Top