जङ्गी अड्डा प्लाष्टिकमुक्त घोषणा


काठमाडौं– नेपाली सेनाले सैनिक मुख्यालय जङ्गी अड्डालाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरेको छ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले जङ्गी अड्डा परिसरमा शुक्रबार आयोजित विशेष कार्यक्रम सैनिक मुख्यालयलाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

सो अवसरमा प्रधानसेनापति थापाले साङ्गठनिक रुपमै प्लाष्टिकको प्रयोगलाई निरुत्साहित गर्ने अभियानलाई व्यारेक इकाइसम्म कार्यान्वयन गर्न निर्देशन दिए। उनले प्लाष्टिकजन्य वस्तुलाई निषेधित गर्न र पुनःप्रयोगमा ल्याउन सकिने वस्तुको उचित व्यवस्थापन सम्बन्धीत विभागलाई निर्देशनसमेत दिए।

प्रधानसेनापति कमाण्ड मार्गनिर्देशन २०७५ मा वातावरण तथा पर्यावरणमा नेपाली सेनाको प्रतिबद्धताअनुसार उक्त कार्यक्रम शुरु गरिएको नेपाली सेनाले जनाएको छ । प्लाष्टिक निषेधित क्षेत्र घोषणा कार्यक्रमका अवसरमा नेपाली सेनाका रथीवृन्द, अधिकृत र अन्य दर्जाहरुले जङ्गी अड्डा परिसरमा सरसफाइसमेत गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement