प्रधानसेनापति सिग्देलद्वारा ३ वरिष्ठ अधिकृतलाई उपरथी दर्ज्यानी चिह्न प्रदान

प्रधानसेनापति सिग्देलद्वारा ३ वरिष्ठ अधिकृतलाई उपरथी दर्ज्यानी चिह्न प्रदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनामा पदोन्नति भएका ३ वरिष्ठ अधिकृतलाई बुधबार उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

जङ्गीअड्डामा आयोजित विशेष समारोहमा प्रधानसेनापति अशोकराज सिग्देलते प्राविधिक सहायक रथी डा. भरत बहादुर भण्डारी, सहायक रथी माधव थापा र सहायक रथी शक्तिजंग बस्नेतलाई उपरथी दर्जाको चिह्न प्रदान गरेका हुन् ।

कार्यक्रममा नेपाली सेनाका बलाधिकृत, रथीवृन्द, अधिकृत लगायत पदोन्नति भएका रथीवृन्दहरूको उपस्थिति थियो ।