जङ्गीअड्डामा रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु

जङ्गीअड्डामा रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेना र सञ्चार जगतबिचको सम्बन्धलाई थप मजबुत, विश्वसनीय र परिष्कृत बनाउने उद्देश्यका साथ ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ सोमबार सुरु भएको छ ।

जङ्गीअड्डामा मंगलबार आयोजित विशेष समारोहबिच जनसम्पर्क निर्देशक सहायक रथी राजाराम बस्नेतले कार्यक्रमको शुभारम्भ गरे ।

४ दिनसम्म सञ्चालन हुने अभिमुखीकरणमा विभिन्न सञ्चारमाध्यममा कार्यरत २९ जना सञ्चारकर्मीहरूको सहभागिता छ । सञ्चारकर्मीहरूलाई रक्षा र सेनासँग सम्बन्धित समाचार सम्प्रेषणमा सहजता प्रदान गर्न र नेपाली सेनाका विविध पक्षबारे स्पष्ट जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सेनाले जनाएको छ ।

अभिमुखीकरणका क्रममा सहभागीहरूलाई नेपाली सेनाको सङ्गठनात्मक स्वरूप, सेनाको जिम्मेवारी, भूमिका तथा मुख्य गतिविधिहरूबारे जानकारीमूलक प्रस्तुतीकरण दिइनेछ । विपद् प्रतिकार्यमा सेनाको भूमिका र समसामयिक विषयहरूमा केन्द्रित रहेर सञ्चारकर्मी र सैन्य अधिकारीहरूबिच अन्तरक्रिया समेत सञ्चालन गरिने जानकारी दिइएको छ ।

सैनिक मुख्यालयले यस्ता कार्यक्रमले रक्षा क्षेत्रमा कलम चलाउने पत्रकारहरूको दक्षता अभिवृद्धि गर्नुका साथै नेपाली सेना र नागरिकबिचको सम्बन्धलाई सूचनाको माध्यमबाट थप प्रगाढ बनाउने विश्वास लिएको छ ।