टीकापुरमा सैन्य भर्नाका लागि क्याम्प, १५० जना छनोट हुँदै


काठमाडौं– कैलालीको टीकापुरमा सैन्य भर्नाका लागि क्याम्प खुलेको छ।

१ सय ५० जना छनोट गर्न टीकापुर हवाइ मैदानमा भर्ना छनोट क्याम्प खोली भर्ना लिन थालिएको छ।

भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले बैशाख ३ मा सूचना प्रकाशित गरी श्री नं ५ वाहिनी अड्डा तेघरी अन्तरगत टीकापुरमा सो संख्यामा सैन्य भर्ना लिन लागेको हो ।

खुला ७९, महिला १४, आदिवासी जनजाति २१, मधेशी १९, दलित १० र पिछडिएको क्षेत्रका ३ र शारीरिक रुपमा अशक्त वा कर्तव्यपालनाको सिलसिलामा मृत्यू भएका सन्तति ४ जनाले भर्ना पाउने छन् ।
सूचना अनुसार जेठ २ गतेसम्म भर्नाका लागि आवेदन दिन सकिने भवानी दल गणका सेनानी सहायक गणपछि इन्दिवर शमशेर जबराले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
Advertisement