सेनाको फायरिङबाट सेनाकै जवान घाइते

सेनाको फायरिङबाट सेनाकै जवान घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ— सैनिक अभ्यासको क्रममा भएको फायरिङका क्रममा गोली लाग्दा नेपाली सेनाका एक जवान घाइते भएका छन्।

घोराही उपमहानगरपालिका–१८ गिठेपानीमा सैनिक अभ्यासका क्रममा गरिएको फायरिङबाट १९ नं बाहिनी अड्डा तुल्सीपुर दाङमा कार्यरत सैनिक जवान सन्तोष लोहनीको बायाँ खुट्टामा गोली लागि घाइते भएका हुन्।

आइतबार गोली लागेर घाइते भएका लोहनीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।